१२ बैशाख २०८१, बुधबार

(भिडियो) पत्नीको मजाक उडाएपछि अस्कर: स्टेजमा विल स्मिथले होस्टलाई कुटे

Will Smith

९४औं एकाडेमी अवार्ड (अस्कर)ले आफ्नो विजेता पाएको छ। यसवर्ष अस्करमा ‘कोडा’ उत्कृष्ट फिल्म भएको छ।

अमेरिकाको लस एन्जेलिसमा आयोजना भएको विश्वकै चर्चित फिल्मी अवार्ड ‘अस्कर अवार्ड’को मञ्चमा हलिउड नायक विल स्मिथले कार्यक्रम संचालकलाई कुटेका छन् । कार्यक्रम संचालन गरिरहेका क्रिस रकले विल स्मिथकी पत्नी जाडा पिंकेट स्मिथको बिषयमा जोक्स गरेका थिए ।

यो कुरालाई सहन नसकेका विल स्मिथ मञ्चमा पुगे र क्रिसको गालामा थप्पड हानेका छन् । विलले रकलाई आफ्नी श्रीमतीको नाम अब कहिले पनि उच्चारण नगर्न चेतावनी समेत दिएका छन् ।

क्रिस रक अमेरिकाका सफल कमेडियन हुन् । गालामा थप्पड परेपछि पनि रकले कार्यक्रमलाई अगाडि बढाएका थिए । सामाजिक संजाल र मिडियामा भाइरल भएको भिडियोमा क्रिस र विल स्मिथविच केही समय भनाभन समेत भएको थियो । सो समयमा स्मिथले बारम्बार आफ्नो मुखबाट श्रीमतीको नाम नलिने चेतावनी दिइरहेको सुन्न सकिन्छ ।

स्मिथकी श्रीमती जादा पिन्केट स्मिथको कपालमाथि उनले मजाक गरेपछि अस्करको स्टेजमै झापड खाएका हुन् रकले। पछि स्मिथले उत्कृष्ट अभिनेताको उपाधि पाउँदा भने यस घटनाबारे माफी मागेका थिए।

यस्तै अस्करमा यसवर्ष उत्कृष्ट अभिनेत्री भइन्- जेसिका च्यास्टेन। उनले ‘द आइज् अफ ट्याम्मी फे’का लागि अस्कर जितेकी हुन्।

अस्करमा उत्कृष्ट निर्देशकको उपाधि भने जेन क्याम्पियनले जिते- चलचित्र ‘द पावर अफ डग’का लागि।

उत्कृष्ट छायाङ्कनमा ‘ड्युन’ले बाजी मार्‍यो। सम्पादन, भिजुअल इफेक्ट, ओरिजिनल स्कोर, अचिभमेन्ट एन साउण्ड र प्रोडक्सन डिजाइन गरेर ६ विधामा ड्युनले बाजी मार्‍यो।

    सम्बन्धित समाचार...