१६ चैत्र २०८०, शुक्रबार

आयोग सरकारको सेटिङमा एमालेविरुद्ध काम गरिरहेको छ: अध्यक्ष ओली

meeting uml

नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकको शुरुमै अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नु भएको छ । महाराजगञ्जस्थित  रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा भइरहेको बैठकमा अध्यक्ष ओलीले गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरमा भएको पुन निर्वाचन सम्झाँदै निर्वाचन आयोगप्रति आशंका व्यक्त गर्नुभएको छ । 

उहाँले निर्वाचन आयोगबाट विगतदेखि नै एमाले पीडित रहेको बताउँदै मतपत्र च्यातेर एमालेलाई हराउँदा समेत एमाले विरुद्ध फैसला आएको बताउँदै अहिले पनि एमालेविरुद्ध निर्वाचन आयोगले सरकारको सेटिङमा काम गरिरहेको आरोप लगाउनु भयो ।

उम्मेदवारी मनोनयन दुई दिन किन गरियो भन्दै ओलीले एमालेले निष्कासन गरेका व्यक्तिलाई मान्यता दिएर पार्टी दर्ता गर्ने जस्ता क्रियाकलापलाई आयोगले दिएको मान्यता एमालेले सामान्य रूपमा नलिने बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘अहिले मतपत्रको रङ बदल्न एमालेविरुद्ध निर्वाचन आयोगले सेटिङयुक्त काम गरिरहेको छ । दलहरूसँग छलफल नगरी यस्तो निर्णय गर्नै मिल्दैन । तर, निर्वाचन आयोग अटेर ढंगले अघि बढेकोले हामीले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउने ठाउँ देखिएको छ ।’

बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धन लगायत समसामयिक विषयमा छलफल भइरहेको छ ।। 

गत हप्ता पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छललफल हुनेछ ।