८ बैशाख २०८१, शनिबार

बालुवाटारको बंकरमा बसेर ओलीले राष्ट्रपति र प्रधानसेनापतिसँग गोप्य छलफल गरेको माधव नेपालको आरोप

madhav

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बनाइएको बंकरभित्र बसेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानसेनापतिसँग गोग्य वार्ता गरेको आरोप लगाएका छन् ।

आइतबार बिहान समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली प्रधानमन्त्री भएका बेला बालुवाटारमा बंकर बनाएर प्रतिनिधि सभा विघटनलगायत जाल बुनेको आरोप लगाएका हुन् ।

बंकरमार्फत राष्ट्रपति, प्रधानसेनापति र प्रधानन्यायाधीशसँग बारम्बार भेट्दै असंवैधानिक कदम चाल्न षड्यन्त्र गरेको अध्यक्ष नेपालको आरोप छ ।

बालुवाटारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग हप्तामा दुई दिन भेटेर स्थानीय चुनावमा कुन–कुन न्यायाधीशलाई कहाँ कहाँ खटाउनेदेखि प्रहरीका मान्छेलाई बोलाएर कुन प्रहरीलाई कहाँ खटाउने सबै वर्कआउट भइसकेको नेपालले आरोप लगाए ।