
फाइल फोटो
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विकास र समृद्धिको दृष्टिले देशलाई पाँच वर्षमा कायापलट गर्ने दाबी गर्नुभएको छ ।
काठमाडौँमा आज आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमाले, काँग्रेस र माओवादीप्रति आक्रोशित हुँदै यी तीन दलले धेरै वर्षदेखि देशलाई विकसित र समृद्ध गर्न नसकेको आरोप लगाउनुभयो । देश विकास र समृद्धिका लागि राप्रपालाई पाँच वर्षको समय पर्याप्त हुने उहाँको भनाइ थियो ।
उहाँले राप्रपालाई एकपटक ठूलो पार्टी बनाएर सत्तामा पु¥याइदिन जनतासँग आग्रह समेत गर्नुभयो । राप्रपाप्रति जनलहर आएको र त्यस आधारमा राजनीतिक शक्ति जनताबाट राप्रपाको हातमा आउने देखिएको उहाँको भनाइ छ ।