१६ बैशाख २०८१, आईतवार

सञ्चार प्रणालीमा खराबी त्रिभुवन विमानस्थलको, दिनभर उडान प्रभावित हुने

tia nepal
फाइल फोटो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार प्रणालीमा खराबी आएको छ ।

जसका कारण आन्तरिक तथा बाह्य उडान तालिका हेरफेर हुनसक्ने र उडानहरू निर्धारित समयभन्दा ढिलो हुनसक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयले सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेसन प्रणालीमा खराबी आएका कारण आजका सम्पूर्ण उडानहरु प्रभावित हुने र उडानहरु ढिला हुन जाने जानकारी दिएको छ ।