
रुसले युक्रेनमा हमला गरेको एक महिना भयो । तर युद्धले निकास पाएको छैन् । पटक पटकका वार्ता पनि सफल भएका छैनन् । यसविचमा युक्रेनी राष्ट्रपतिले रुसको आक्रमण डलेर सामना गरिरहेका छन् । को हुन त युक्रेनी राष्ट्रपति भोलोदिमिर जेनेन्स्की ?
रुसले युक्रेनमा गोलाबारी गरेको महिना दिनसम्म पनि कब्जा जमाउन सकेको छैन । त्यसको मुख्य कारण हुन युक्रेनी राष्ट्रपति जेनेन्स्की । जेलेन्स्की युक्रेनको राष्ट्रपतिमा निर्वाचित हुनु अघि कमेडियन थिए । सायद त्यतिबेला उनलाई थाहा थिएन कि एक दिन उनी वास्तवमै युक्रेनको राष्ट्रपति बन्नेछन् ।
जेलेन्स्की त्यो समयमा अभिनेता र स्ट्यान्ड अप कमेडियन थिए । उनी युक्रेनको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक हुन् । उनले अन्य कलाकारसँग मिलेर सन् १९९७ मा कमेडी ग्रूप ‘क्वार्टल ९५’ बनाएका थिए । यो समूहले टेलिभिजन कार्यक्रमहरू उत्पादन गरेको थियो ।
सन् २०१९ को चुनावमा आश्चर्यजनक जित निकाल्दै जेलेन्स्की युक्रेनको राष्ट्रपतिमा निर्वाचित भएका भए । जेलेन्स्कीको जीवन र करियर अन्य अन्तर्राष्ट्रिय नेताहरूको तुलनामा सामान्य छ । उनी रिल लाइफमा जस्तै अहिले रियल लाईफमा पनि नागरिक सँगै युक्रेनका नगरहरुमा सामान्य रुपमा हिडिरहेका छन् ।
उनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि धेरै संकटको सामना गर्नुपरेको छ । तर, उनले साहसका साथ यी संकटहरूको सामना गरिरहेका छन् । उनले २००० मा किभ राष्ट्रिय आर्थिक विश्वविद्यालयबाट कानुनमा डिग्री गरेका छन् । सन् २०१८ मा अचानक राजनीतिमा प्रवेश गरेका उनी ‘जनताको सेवक’ पार्टीबाट राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
राष्ट्रपति बनेदेखि जेलेन्स्कीको पश्चिमा राष्ट्रसँग सम्वन्ध राम्रो भए पनि रूसी राष्ट्रपतिसँग सुरुमा कूटनीतिक सम्बन्ध राख्ने प्रयास गरे पनि सफल भएनन् । उनले युक्रेनमा भिक्टर मेदवेदचुकलगायत रूस समर्थक राजनीतिक समूहहरू विरुद्ध कडा कदम चालेका थिए । जुन समुह रुसी समर्थक हुन । यसबाट पनि रुस यूक्रेनसँग चिडिएको थियो ।