७ बैशाख २०८१, शुक्रबार

ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प, विद्युत सेवा अवरूद्ध

earthquake1

ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ : ४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ ।

२० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ ।

ताइवानको मौसम विज्ञान एजेन्सीका अनुसार बुधबार बिहान पूर्वी ताइवानमा भूकम्पको शृंखलाका कारण टापुभरि भूकम्पको धक्का महसुस गरिएको थियो ।

हालसम्म यस भूकम्पको ताइतुङ काउन्टीमा एक जना सामान्य घाइते भएकाे मात्र समाचार प्राप्त भएको जनाइएकाे छ ।भूकम्पका धक्काहरुका कारण विद्युत अवरुद्ध भएको जनाइएको छ ।

प्रभावित क्षेत्रहरूर हुआलिन काउन्टीमा एउटा पुल भत्किएको ताइवानका स्थानीय अग्नि नियन्त्रक अधिकारीहरुले जनाएका छन् ।