१४ बैशाख २०८१, शुक्रबार

सत्तागठबन्धन दलबीच स्थानीय तह निर्वाचनमा तालमेलकाे मापदण्ड बनाउने सहमति

gathabandhan

सत्ता गठबन्धनका दलका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा तालमेलकाे मापदण्ड बनाउने सहमति भएको छ ।

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तालिका सार्वजनिक गरेसँगै शीर्ष नेताहरूबीच चुनावी तालमेलका लागि मादण्ड बनाउने सहमति जुटेकाे हाे ।

सत्तागठबन्धनमा रहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेताबीच चुनावी तालमेलका विषयमा छलफल भएको थियो बताइएकाे छ ।

तालमेलको मोडालिटी तयार गर्न संयन्त्र बनाउने विषयमा गठबन्धन आवद्ध शीर्ष नेताहरूल सहमति जनाइसकेका छन्।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ६ महानगरपालिका र ११ उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनले तालमेलको निर्णय गर्न ढिला गर्न नहुनेमा जोड दिनुएकाे छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले महानगर, उपमहानगर र नगरपालिकामा केन्द्रमा छलफल गर्ने र ती बाहेकका स्थानीय तहमा दलहरूको अवस्था हेरेर तालमेलमा अघि बढ्न सकिने तर स्थानीय स्तरमा पनि छलफल हुनुपर्ने बताउनुभएकाे जनाइएकाे छ ।