१४ बैशाख २०८१, शुक्रबार

देशको रक्षा र स्थायित्वका लागि काङ्ग्रेससँग सहकार्य: नेता गुरुङ

dev gurung
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभामा दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले देश र संविधानको रक्षा तथा स्थायित्वका लागि माओवादीले नेपाली काङ्ग्रेससँग सहकार्य गरेर अघि बढेको बताउनुभएको छ ।

पोखरामा आजदेखि सुरु भएको माओवादी केन्द्र गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै उहाँले काँग्रेससँगको सहकार्यमा संविधान ध्वस्त पार्ने र सङ्घीयतालाई असफल पार्ने योजनालाई परास्त गरिएको उल्लेख गर्नुभयो । नेपालमा स्थिरता र स्थायित्व कायम गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको नेता गुरुङको भनाइ थियो ।

आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा लोकतन्त्रको रक्षाका लागि माओवादीले जित्नैपर्नेमा गुरुङले जोड दिनुभयो ।