११ बैशाख २०८१, मंगलवार

तिता कुरा बिर्सन्छौ, त्रुटि सच्याउँछौ : कमल थापा

kamal
फाइल फोटो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिगतका तिता कुरा बिर्सने र त्रुटि सच्याएर आगामी दिनमा शसक्त रुपमा अघि बढ्ने बताउनु भएको छ ।

मंगलबार जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपालसँग अत्यन्तै बलियो र जनताको भाबनाको सम्मान गर्ने बिचार भएको बताउँदै आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको बताउनु भयो ।

धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिनेतर्फ चिन्ता ब्यक्त गर्दै थापाले भ्रष्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरिलाई रोक्ने तर्फ कसैको चासो नदिएको भन्दै आक्रोश ब्यक्त गर्नुभयो ।

राप्रपा नेपाललाई कांग्रेस कम्युनिस्टको बिकल्पको रुपमा अघि बढाइने भन्दै थापाले आर्थिक क्रान्तिको बिषय कसैको प्राथमिकतामा नपरेको राजनीति एजेन्डामा मात्र सबै अलमलिएको आरोप लगाउनु भयो ।

बैठकमा पार्टीका महामन्त्री त्रय सुशील श्रेष्ठ ,भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्बाचन तयारी र प्रशिक्षण ,सचिवालय तथा संगठन सम्बन्धमा आफ्नो-आफ्नो प्रस्तुति दिनुभएको थियो ।

बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष एबं केन्द्रिय पदाधिकारीहरुको सहभागीता रहेको थियो । बाँकी जिल्ला अध्यक्षहरुको बैठक चाढै नै गरिने राप्रपा सचिवालयले जनाएको छ ।