७ बैशाख २०८१, शुक्रबार

१७ अंककाे वृद्धि नेप्सेमा, २ अर्ब ५९ कराेडकाे काराेबार

810 425 16108886484122 nepse

शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि सामान्य वृद्धि भएको छ । पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबारबाट बढ्न शुरु भएको छ ।

सोमबारको कारोबारमा १७.९९ अंकले वृद्धि भएका नेप्से परिसूचक मंगलबार १२.५४ अंकले बढेर भएर २ हजार ६४७.५४ बिन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले बढेको छ । मंगलबार कारोबारमा आएका २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने सामान्य गिरावट आएको छ । सोमबार २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये सोमबार १२ वटा उपसमूहको सूचकमा वृद्धि भएको छ भने बाँकी एक वटा उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा व्यापार उपसमूहको सूचक १.०४ प्रतिशतले गिरावट आएको छ । १२ उपसमूहको परिसूचक पनि त्यति धेरै उत्साहजनक रुपमा वृद्धि भएको छैन

मंगलबारको कारोबारमा पनि इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशतभन्दा बढी बढेको छ । तर कालिका पावर, मैलुङ खोला जलविद्युत, शिवश्री हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्य भने २ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा १० करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । शिवम् सिमेन्ट र जीवन विकास लघुवित्तको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।