८ बैशाख २०८१, शनिबार

छ जना युवकले पार्टीका लागि गरे सिंगो रेल बुक

dance note

भारतमा केही युवाहरु मिलेर जन्म दिनको पार्टीका लागि सिंगो रेल नै बुक गरेका छन् । भारतीय राजधानी दिल्लीमा मानिसहरु मेट्रो रेलमा ठेलम्ठेल गरेर यात्रा गर्ने गर्छन । रेलमा सिट पाउनु ठूलै युद्ध जितेजस्तो हुन्छ उनीहरुलाई । कतिपय अवस्थामा त उभिनका लागि पनि ठाउँ हुन्न । अन्य सहरमा उस्तै स्थिति छ । तर केही युवाहरुको यस्तो रवैया देखेर तपाइँलाई अचम्म लाग्न सक्छ ।

हो, क्रेजी एक्स वाइ जेड नामको युट्यूबरले यस्तै गरेका छन् । अमित नाम गरेका ती व्यक्तिले आफूले जयपुरमा मध्यरातमा घुम्नका लागि सिंगै रेल बुक गरे । उनले रेलका चालकसँग कुरा गरे र रेलको चालकको कक्षमा गएर चालकलाई अगाडि र पछाडि लैजान भने । त्यति मात्र होइन उनले साथीहरुलाई रेलमा खाना मगाएर खाए पनि ।

केहीबेर रमाइलो पनि गरे उनीहरुले । खेल खेले, नक्कली बन्दुक लिएर एकअर्कामा आक्रमण पनि गरे । खाली रेलमा यसरी भोज गरी युट्यूबबाट ७५ लाख भ्यूज पनि बटुले । सामाजिक सञ्जालमा अनौठा गतिविधिमा धेरै मानिसहरु हेर्ने भएकाले कतिपय नकारात्मक गतिविधि पनि भैरहेका छन् ।

नेपालमा पनि प्रांकको नाममा भएका गतल व्यवहारले मानिसहरु प्रताडित पनि हुने गरेका छन् । सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न हालै नयाँ नियम लगाएको छ । तर सरकारको नियमन नियन्त्रणका लागि भई दिँदा त्यो आलोचित पनि बन्न पुगेकोे छ ।