१३ बैशाख २०८१, बिहीबार

सचेत रहनुपर्छ, एमालेविरुद्ध निर्वाचन आयोग प्रयोग भइरहेको छ: अध्यक्ष ओली

276128044 513636933458869 180371455857484316 n 1024x768 1

नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाएको भन्दै निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

काठमाडौंमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोग र गठबन्धनबीचको सल्लाहमा नियम, आचारसंहिता र मतपत्रको रंङकोे टुंगो लगाएको आरोप लगाउनु भएको हो ।

साथै उहाँले आफूविरुद्ध षड्यन्त्र भइरहेकाले सचेत भएर स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह समेत गर्नुभयो ।

एमालेको स्थानीय तहमा वर्चश्व रहेकाले पदाधिकारीले राजीनामा दिएर मात्र उम्मेदवारी दिनुपर्ने नियम बनाएको उहाँ आरोप छ ।

‘हामीसँँग छलफल गर्नु पर्दैन । सत्तारुढ गठबन्धन र आयोगबीच छलफल हुने, हामीसँग गर्नुनपर्ने,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहमा एमालेको वर्चश्व छ । गठबन्धनको इशारामा आयोगले स्थानीय तहको पदाधिकारीमा उम्मेदवारी दिन बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने बनाइयो ।’

एमालेविरुद्ध आयोग प्रयोग भइरहेको भन्दै ओलीले मतपत्रको रङ हरियो बनाउने विषयप्रति पनि आपत्ति जनाउनु भयो ।

ओलीले स्थानीय तहको चुनावमा‘भरतपुर र सिरहा काण्ड दोहोरिन सक्ने बताउँदै सचेत रहन कार्यकर्तालाई आग्रह गर्नुभयो।