१३ बैशाख २०८१, बिहीबार

सलमान खानले भने–‘हेल्लो नेपाल, दबाङ टूरका लागि तयार हुनुहोस्’

salman khan

बलिउड अभिनेता सलमान खान नेपाल आउने पक्का भएको छ । सलमान आफैले नेपाली फ्यानहरुका लागि भिडियो सन्देश मार्फत नेपाल आउन लागेको जानकारी दिएका छन् । सलमान ‘दबाङ टूर’का लागि नेपाल आउन लागेका हुन् ।

सलमानसहित बलिउड स्टारहरुको कन्सर्ट काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ । सलमानले भिडियोमा भनेका छन्–‘हेल्लो नेपाल, मे २८ मा दशरथ रंगशालमा आयोजना हुन लागेको दबाङ टूरका लागि म उत्साहित छु । सबै जना सुरक्षित रहनुहोला । हामी चाडै भेट्नेछौं ।’

सलमानलाई ओडिसी इन्टरटेन्मेन्टले नेपाल ल्याउन लागेको हो । यो कार्यक्रम जेठको १४ गते नेपालमा आयोजना हुँदैछ । यो कार्यक्रम अगाडि यसै साता संकृती, पर्यटन तथा उड्यन मन्त्री प्रेम आलेविच भर्चुअल छलफल समेत तय भएको ओडिसीले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।

सलमानको यो टुर यस अगाडि पनि तय भएको थियो । तर, विप्लव नेतृत्वको माओवादीले धम्की दिएपछि कार्यक्रम स्थगित भएको थियो ।