७ बैशाख २०८१, शुक्रबार

हामीले एकता केपी ओलीलाई रुपान्तरण गर्न सकिएला भनेर गरेको हो तर त्यो सकिएन: प्रचण्ड

Prachanda 3

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरे पनि रुपान्तरण गर्न नसकिएको बताएका छन् ।

आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका हुन् ।

“केपी ओलीलाई रुपान्तरण गर्न सकिएला भनेर हामीले एकता गरेको हो तर त्यो सकिएन,” उनले भने,“प्रतिगमन विरोधी आन्दोलन हामीले नै नेतृत्व गरेर आयौँ त्यो अरु कसैले गरेर हुँदैनथ्यो।”

अध्यक्ष प्रचण्डले कटवाल काण्डपछि पार्टीमा विभाजनको श्रृङ्खला सुरु भएको बताए ।

“हामी शान्ति प्रक्रियापछि कटवाल काण्ड हुँदै पार्टी विभाजनको श्रृङ्खला सुरु भयो,” उनले भने,“एउटा, दुई ओटा, तीन ओटा कति हो कति ? अहिले फेरि एकता कति हो कति १४,१५ समूह लाइनमा छन् ।”

प्रचण्डले माओवादी आन्दोलनलाई नयाँ ढंगले रुपान्तरण गर्नुपर्ने कुरामा पनि जोड दिए । “यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ? बनाउन सम्भव छ भन्ने प्रतिगमनविरुद्धको आन्दोलनले देखायो,” प्रचण्डको भनाइ छ,“फलाम तातेको बेला हान्न पर्छ, यही हो बेला भनेर हामी पार्टी निर्माण तिर लागेका हौँ ।”

गण्डकी प्रदेश पार्टी प्रशिक्षणको क्रममा अध्यक्ष प्रचण्डको मन्तव्यको अंशः

१. क्रान्तिको एउटा निश्चित स्थानमा पुुगेपछि पार्टीभित्र नै क्रान्ति गुर्न पर्ने रहे छ । चिनियाँ कम्युनिस्ट आन्दोलनमा पनि कमरेड माओले पार्टी भित्र एउटा ठुलो फड्कोको रुपमा महान सर्वहारा साँस्कृतिक क्रान्तिको दिशामा जानुभयो । हामी थाहै नपाई विचलित भएको जस्तो, यसबाट कसरी उम्कने हो भन्ने मेसो नपाएको जस्तो देखिएको छ ।

जनयुद्ध पूर्व पनि पार्टीमा यस्तै खाले समस्या देखिएको थियो । जब २०५२ १ बाट जनयुद्धको बाटोमा अघि बढाइयो त्यसपछि त्याग, तपस्या र बलिदानको बाटो सुरु भयो ।

हामीसँग न हतियार थियो, न फौज थियो, न त अरु कुनै शक्तिको सहयोग थियो । हामीले जनताको बलमा, सहि विचारको आलोकमा यहाँ आइपुग्यौँ ।

हामी शान्ति प्रक्रियापछि कटवाल काण्ड हुँदै पार्टी विभाजनको श्रृङ्खला सुरु भयो । एउटा, दुई ओटा, तीन ओटा कति हो कति । अहिले फेरि एकता कति हो कति १४/१५ समूह लाइनमा छन् ।

माइतीघर मण्डलामा पलेटी कस्दा कतिले सकियो प्रचण्ड भनेका थिए । तर, त्यो एकपछि अर्को थपिँदै जाँदा विशाल आन्दोलन बन्न पुयो र प्रतिगमन परास्त भयो । एउटा टेलर गत पुषपछि देखियो ।

यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने रु बनाउन सम्भव छ भन्ने प्रतिगमनविरुद्धको आन्दोलनले देखायो । फलाम तातेको बेला हान्न पर्छ, यही हो बेला भनेर हामी पार्टी निमार्ण तिर लागेका हौँ ।

केपी ओलीलाई रुपान्तरण गर्न सकिएला भनेर हामीले एकता गरेको हो तर त्यो सकिएन । प्रतिगमन विरोधी आन्दोलन हामीले नै नेतृत्व गरेर आयौँ त्यो अरु कसैले गरेर हुँदैनथ्यो।

२. निर्वाचनमा अरुको भर नपरौँ । आफ्नै शक्ति र ताकतमा भर परौँ। अरुको भर भनेको भ्रम हो ।