१३ बैशाख २०८१, बिहीबार

शुन्य मत दिएर नेकपा एमालेलाई सजाय दिन झलनाथ खनालको आह्वान

Jhalanath khanal
फाइल फोटो

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सजाय पाउनुपर्ने बताउनु भएको छ ।

एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई आज सम्बोधन गर्दै नेता खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई ठूलो सजाय दिनुपर्ने बताउनु भएको हो । उहाँले एमालेले शुन्य मत पाए मात्र नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहरिने उहाँको तर्क थियो ।

कम्युनिस्टको बहुमत रहेको संसदबाट जनमुखी ऐन, कानुन, बजेट र कार्यक्रमहरु ल्याउन सकिने भन्दै नेता खनालले संसद विघटन गर्नु दक्षिणपन्थी अवसरवाद भएको बताउनुभयो ।