१३ बैशाख २०८१, बिहीबार

चिरञ्जिवीको फिल्ममा २० करोड पारिश्रमिक लिन सलमानले गरे अस्विकार

salman and chiranjb

बलिउड अभिनेता सलमान खानले साउथका सुपरस्टार चिरञ्जिवीको नयाँ फिल्म ‘गडफादर’मा काम गर्दैछन् । यो फिल्ममा सलमानको अतिथी भूमिका रहने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो फिल्ममा अतिथी भूमिकामा काम गरेवापत सलमानलाई चिरञ्जिवी २० करोड पारिश्रमिक दिन चाहन्थे । तर, सलमानले पारिश्रमिक लिन अस्विकार गरेको भारतीय मिडियामा समाचार छ ।

सलमानले यदि आफूलाई पारिश्रमिक दिने हो भने आफूले अतिथी भूमिकामा काम नगर्ने बताएका थिए ।

सलमानले चिरञ्जिवीलाई ‘मेरो फिल्मबाट तपाइलाई अफर गरेको भए पारिश्रमिक लिनुहुन्थ्यो’ भनेर सोधेका थिए । यो प्रश्नको चिरञ्जिवीले जवाफ दिन सकेनन् । फिल्ममा सलमानको २० मिनेटको भूमिका रहनेछ । उनले फिल्मका लागि एक साताको समय दिनेछन् ।

सलमान अभिनेत्री कट्रिना कैफसँग फिल्म ‘टाइगर ३’को छायांकनमा व्यस्त छन् । यो फिल्मपछि उनले ‘कभी इद कभी दिवाली’मा काम गर्ने तयारी गरेका छन् ।