१२ बैशाख २०८१, बुधबार

नायिका करिश्मा मानन्धर वैशाख ९ गते नेकपा एमाले पार्टीमा प्रवेश गर्ने

KP Oli Karishma Manandhar
फाइल फोटो

नायिका करिश्मा मानन्धर वैशाख ९ गते नेकपा एमाले पार्टीमा प्रवेश गर्ने भएकी छिन् । कम्यूनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर उनी पार्टी प्रवेश गर्न लागेकी हुन् ।

स्थानिय निर्वाचनको मिति नजिकिदै जाँदा करिश्मा एमाले प्रवेश गर्ने तयारीमा लागेकी हुन् । यसका लागि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट पनि गरिसकेकी छिन् । करिश्मा कुन शर्तमा र कुन पोजिसनमा एमाले प्रवेश गर्न लागेकी हुन् भन्ने खुलेको छैन ।

यसअघि करिश्माले डाक्टर बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति पार्टीमा प्रवेश गर्दै राजनीतिक यात्रा सुरु गरेकी थिइन् । तर, पछि बाबुराम अर्को पार्टीमा प्रवेश गरेपछि करिश्मा सक्रिय राजनीतिबाट पर बसेकी थिइन् ।

करिश्मासँगै अन्य व्यक्तिहरुलाई एकसाथ एमालेमा प्रवेश गराउने तयारी गरिएको छ । निर्वाचनको मिति नजिक हुँदै गएपछि नेपाली कलाकारहरुले कुनै एक पार्टी रोज्ने गरेको उदाहरण नयाँ होइन ।