८ बैशाख २०८१, शनिबार

निस्कासन गर्नुपर्ने आवाज उठिरहेका बेला रुस आफैँले परिषद् त्याग्ने घोषणा

Council of Europe

रुस सरकारले युरोपेली परिषद् (सिओई) त्याग्ने घोषणा गरेको छ । युक्रेन अतिक्रमणलाई लिएर मस्कोलाई परिषदबाट निस्कासन गर्नुपर्ने आवाज उठिरहेका बेला रुस आफैँले परिषद् त्याग्ने घोषणा गरेको हो ।

स्ट्रासबर्गमा रहेको परिषद् त्याग्नुअघि रुसी विदेश मन्त्रालयले त्यसबारे महासचिव मारिजा पेजसिनोभिक बुरिकलाई जानाकारी गराएको थियो ।

निर्णयसँगै रुसले परिषदसँगको २५ वर्षदेखिको सम्बन्ध तोडेको छ । युरोप परिषद् छाडेपछि रुसले मानव अधिकारसम्बन्धी युरोपेली सन्धि (इसिएचआर) मा हस्ताक्षर गर्ने छैन भने रुसी नागरिकहरूले मानव अधिकारसम्बन्धी युरोपेली अदालत (इसिएचआर)मा पहुँच हुनेछैन ।

युरोपेली परिषद्को इतिहासमा सदस्यता त्याग्ने रुस दोस्रो देश हो । यसअघि सन् १९६० मा ग्रीसले अस्थायी रुपमा परिषद्को सदस्यता त्यागेको थियो ।