१३ बैशाख २०८१, बिहीबार

ओलीले राजावादीसँग गठबन्धन नगरे मन्त्री खतिवडाले कान काटेर फाल्ने

birod

नेकपा (एकीकृत समाजवादी) का नेता एवं स्वास्थ्य मन्त्री बिरोध खतिवडाले एमालेले राप्रपासँग चुनावी गठबन्धन गर्न गृहकार्य गरिरहेको बताउनु भएको छ ।

मंगलबार गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै नेता खतिवडाले भन्नुभयो, ‘कम्युनिष्ट भएर पनि कांग्रेससँग गठबन्धन गर्‍यो भनेर माधव नेपाल र प्रचण्डलाई विभिन्न टिप्पणी आइरहेको छ ।

‘केपी ओली नागार्जुन (पूर्वराजा) र राप्रपासँग गठबन्धनका लागि धाइरहेका छन् । आगामी चुनावमा ओलीले पनि राजावादीसँग गठवन्धन गर्दैछन्, गरेनन् भने म दुइटै त भन्दिनँ मेरो एउटा कान चाहिँ काटेर फाल्दिन्छु’ उहाँले भन्नुभयो ।

बाम दलहरुबीच गठबन्धन हुन सक्ने भन्दै उहाँले एमालेसँग भने एकीकृत समाजवादी मात्र नभै अहिलेको ५ दलीय गठवन्धनका कुनै पनि दलले सहकार्य नगर्ने दावी गर्नुभयो । । ‘सक्दाखेरि गठबन्धन गरेको राम्रो, तर सबै स्थानीय तहमा सकिन्न । उप महानगर र महानगरमा भने गठबन्धन गरेर जाँदा सहज हुन सक्छ’, उहाँले भन्नुभयो ।

कांग्रेससँग चुनावी गठबन्धन नभएमा जनमोर्चा, माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुबीच वाम गठबन्धन हुन सक्ने उहाँले बताउनु भयो ।