६ बैशाख २०८१, बिहीबार

रवि सिंह पुनः निर्वाचित निर्माण व्यवसायी महासंघको अध्यक्षमा

nirman1647224961

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह पुनः निर्वाचित हुनुभएको छ ।

प्रतिस्पर्धी निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गर्दै सिंह दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । ११८५ मत खसेकोमा सिंहले ७ सय ६५ मत प्राप्त गर्नुभएको थियो । यस्तै पाण्डेले ३ सय ३७ मत पाउँदा कोइराला ३२ मत मात्रै ल्याउनुभएको थियो ।

वरिष्ठ उपाध्यक्ष र महासचिव पनि सिंह प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित हुनुभएको छ । लामाले ५ सय ६३ मत प्राप्त गर्नुभएको थियो । महासचिवमा रोशन दाहालले ७ सय १९ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

उपाध्यक्षमा भने पाण्डे समूहको वर्चश्व देखिएको छ । एसोसिएट उपाध्यक्षमा रामजी पन्त , प्रदेश १ बाट उपाध्यक्षमा मोहनप्रसाद अधिकारी, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोपबहादुर रायमाझी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी बागमती प्रदेशबाट बालकृष्ण थापा र गण्डकी प्रदेश उपाध्यक्षमा खेमराज मल्ल निर्वाचित हुनुभएको छ । निर्वाचित पाँचै जना उपाध्यक्ष पाण्डे प्यानलका हुनुहुन्छ ।

यस्तै उप महासचिव नीतिगत तर्फ शिवहरि घिमिरे, मधेस प्रदेशबाट शम्भु ठाकुर, बागमती प्रदेशबाट बालकृष्ण थापा, लुम्बिनी प्रदेशबाट टोप बहादुर रायमाझी, कर्णाली प्रदेशबाट रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित हुनुभएको छ ।

    सम्बन्धित समाचार...