८ जेष्ठ २०८१, मंगलवार

भारतमा लकडाउन थपिएकै दिन हजारौं मजदुर निस्किए सडकमा, नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे

mumbai

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसारकै सबैभन्दा ठूलो लकडाउनलाई १९ दिन थपेको दिन मुम्बई सहरमा हजारौं मजदुर सडकमा निस्किएका छन्।

मंगलबार साँझ मुम्बईको बान्द्रा रेलवे स्टेशनमा उत्तर प्रदेशलगायत ठाउँबाट गएका आप्रवासी मजदुरले आफूले घर जान पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्री मोदीले अबको एक साता लकडाउन थप कडाइ गर्ने बताएकै दिन मजदुरहरू घर जान पाउनु पर्ने माग राखेर सडकमा निस्किएका हुन्।

सडकमा निस्किएका मजदुरलाई हटाउन प्रहरीले लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतमा अहिले झन्डै १२ करोड आप्रवासी मजदुर विभिन्न राज्यमा अड्किएको बताइन्छ।

यसअघि सुरत सहरमा अड्किएका आप्रवासी मजदुरले पनि घर जान पाउनुपर्ने माग गर्दै मध्यरातमा आन्दोलन गरेका थिए।

छोटो सूचनाका आधारमा लकडाउन भएपछि हजारौं मजदुर हिँडेरै सयौं किलोमिटर टाढाको घर जान हिँडेका थिए। पछि केन्द्र सरकारले अन्तरराज्य सीमामा कडाइ गर्दै जो जुन प्रदेशमा पुगेका छन् त्यहीँ व्यवस्था गर्न भनेको थियो। एजेन्सी