१६ चैत्र २०८०, शुक्रबार

बजारमा आज पनि बढ्याे सुनकाे मूल्य, प्रतिताेला कति ?

gold

सुनचाँदी बजारमा आज (आइतवार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ६ सयमा कारोबार भएको थियाे ।

आज प्रतितोला २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएकाे छ । महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ३ सय तोकिएकामा गत शुक्रबार प्रतितोला एक लाख दुई हजार ए सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार ४२५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८७ डलर आसपास कारोबार भइरहेको छ ।