१६ चैत्र २०८०, शुक्रबार

खराब समीक्षाले बक्स अफिसमा चिप्लियो ‘राधे श्याम’

Prabhas Pooja Hegde

भारतमा सर्वाधिक धेरै स्टारडम भएका नायकको रुपमा चर्चा गरिएका साउथ स्टार प्रभाषको नयाँ चलचित्र ‘राधे श्याम’ बक्स अफिसमा चिप्लिएको छ । चलचित्रको समिक्षा निक्कै नै खराब आएपछि दर्शकले यसलाई अस्विकार गरेका हुन् । जसकाकारण, चलचित्रले हिन्दी भाषामा शुक्रबार ५ करोडको मात्र ओपनिङ गर्न सक्यो ।

ऐतिहासिक प्रेमकथामा निर्माण भएको चलचित्रको कथावस्तुलाई आकर्षक तरिकाले बनाउन नसकेको, प्रभाष लभ स्टोरी चलचित्रमा खरो रुपमा उत्रिन नसकेको, भीएफएक्सको अनावश्यक प्रयोग गरेको भन्दै समीक्षकले यसको टिप्पणी गरेका छन् ।

नेपालमा पनि शुक्रबार र शनिबार सुखद ओपनिङ गरेको चलचित्र आइतबारबाट खस्किएको छ । मल्टिप्लेक्स हलहरुले अपेक्षित शो दिएपनि चलचित्रले आइतबारबाट कमजोर व्यापार गर्ने संकेत देखिएको छ । प्रभाष र पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्रले साउथको बजारमा भने राम्रो ओपनिङ गरेको छ ।