११ जेष्ठ २०७९, बुधबार

पाइरेसीको शिकार फिल्म ‘राधे श्याम’ र ‘द कश्मीर फाइल्स’

radheshyam kashmir

फिल्म ‘राधे श्याम’ र ‘द कश्मीर फाइल्स’ पाइरेसीको शिकार भएको छ ।

प्रदर्शनमा आएको भोलिपल्टै प्रभास र पूजा हेग्डे स्टार फिल्म ‘राधे श्याम’ डिजिटल अनलाइन प्लेटफर्ममा लिक भएको हो ।

यससँगै अनुपम खेर स्टारर ‘द कश्मीर फाइल्स’ पनि इन्टरनेट लिक भएको छ ।

दुवै फिल्म ११ मार्चमा हलमा प्रदर्शन भएका थिए ।

मिडिया रिपोर्टका अनुसार द कश्मीर फाइल्सले ओपनिङ डेमा ३.५५ करोड रुपैयाँ कमाएको छ ।

उता, राधे श्यामले हिन्दी बेल्टमा ४.५ करोडको ओपनिङ व्यापार गरिसकेका छन् ।