१६ चैत्र २०८०, शुक्रबार

मधेस प्रदेशका मन्त्रीहरूले आपत्ति जनाए बाबुरामको राजनीतिक प्रतिवेदनमाथि

Dr Baburam Bhattarai
फाइल फोटो

जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमाथि मधेस प्रदेशका मन्त्रीहरूले आपत्ति जनाएका छन् ।

अध्यक्ष भट्टराईले मधेस सरकारको उपलब्धिबाट पूर्ण सन्तुष्ट हुने अवस्था नरहेको प्रतिवेदनमा उल्लेख गरेको विषयमा मधेस प्रदेशका मन्त्रीहरूले आपत्ति जनाएका हुन् ।

समूहमा छलफल हुने क्रममा मधेस प्रदेशका एक मन्त्रीले पार्टीकै शीर्ष नेताले आफ्नो राजनीतिक प्रतिवेदनमा यस्तो कुरा उल्लेख गरेपछि अरूले बोल्ने ठाउँ पाउने उनीहरुको भनाइ थियो । मधेस सरकारले कहाँ के गर्न सकेन भन्ने उल्लेखै नगरी सन्तुष्ट नरहेको भन्नु पूर्वाग्रही टिप्पणी रहेको ती मन्त्रीले भनेका छन् ।