१४ बैशाख २०८१, शुक्रबार

एक्लै चुनाव लड्न नेकपा (एकीकृत समाजवादी) तयार छ: मन्त्री आले

prem ale
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० एक्लै चुनाव लड्न तयार रहेको बताउनुभएको छ ।

आज धनगढी विमानस्थानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चुनावमा गठबन्धन भए पनि नभए पनि आफ्नो पार्टी एक्लै चुनाव लड्न तयार रहेको बताउनुभयो । गठबन्धन आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँले आगामी तीनवटै तहको निर्वाचनमा गठबन्धन गरेर जान सकिने बाटो खुला रहेको बताउनुभयो ।

मन्त्री आलेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टी तयारीमा जुटिसकेको पनि बताउनुभयो । रासस