११ बैशाख २०८१, मंगलवार

कर छलि मुद्दा बोटलर्स नेपालविरुद्ध, ७ अर्ब ४३ करोड बिगो दाबी

cock

झन्डै चार अर्ब कर छलि गरेको आरोपमा बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ ।

राजश्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ राजश्व छलि गरेको अभियोगमा आज उच्चअदालत पाटनमा मुद्दा दायर गरेको हो ।

कोकाकोला साब्को र युरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपाल लिमिटिडको प्रतिकित्ता सेयरको स्वतन्त्र बजार मूल्य तीन हजार ८८३ थियो ।

सोमा कोकाकोला साब्कोको प्रतिकित्ता सेयर खरिद मुल्य ५३६ लाई लागतको रूपमा घटाउँदा हुन आउने रकम तीन हजार ३४७ प्रतिकित्ता पुँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ ।

सोही आधारमा कोकाकोला साब्को एसियाको बोटलर्स नेपालमा रहेको सेयर संख्या १४ लाख ८४ हजार ३०१ को बिक्री वापत जम्मा चार अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४४७ पुँजीगत लाभ कायम हुने विभागले जनाएको छ ।

आयकर ऐन, २०५८ को अनुसूची १ को दफा २(१) बमोजिम २५ प्रतिशतका दरले हुने तीन करोड ४१ लाख ९५० रूपैयाँ र दफा ११८ बमोजिम ब्याज १५ प्रतिशतका दरले हुने ९ करोड ७८ लाख ६ हजार ६२२ रूपैयाँ र दफा ११९ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने एक अर्ब १० करोड २२ लाख ६५ हजार ११५ रूपैयाँ र दफा (२) (ख) बमोजिमको शुल्क एक अर्ब २४ करोड १९ लाख ८८ हजार ८६२ रूपैयाँ समेत कुल बिगो तीन अर्ब ७१ करोड ८१ करोड ५० लाख ४११ रूपैयाँ हुने जनाइएको छ ।

राजश्व चुहावट –अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २ को उपदफा (छ १) बमोजिमको बिगो बराबरको राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको भन्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेड, कम्पनीका सञ्चालक समितिमा रहेका रहेका संयुक्त अरब इमिरेट्सको दुबइस्थित कम्पनी कोका कोला साउथबेष्ट होल्डिङ लिमिटेडको कोका कोला साब्को एसियाको तर्फबाट प्रतिनिधित्व गर्ने चेयरम्यान शुक्ला वासन लगायतका १७ जनाविरुद्धमा मुद्दा दायर गरेको हो ।

विभागले उनीहरूविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बिगो र सजायको मागदावी गरेको छ । साथै अधिकारीहरूलाई समेत राजश्व चुहावट –अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ४(झ) र दफा २३ (३) को कसुरमा ऐनको दफा २३(३) बमोजिम सजाय हुन मागदाबीसहित अभियोगपत्र दायर गरेको छ ।