
देशभर आज एक सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार ३ सय २८ नमुनाको परीक्षण गर्दा एक सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज ४ सय २९ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
यस्तै, आज १ लाख २९ हजार २ सय ८५ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
