१४ बैशाख २०८१, शुक्रबार

चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मानसिकता नत्यागे काँग्रेसविनाको गठबन्धन बन्नसक्छ : तुलाधार

Gangalal Tuladhar
फाइल फोटो

नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाहेकको गठबन्धन बन्नसक्ने बताएको छ । 

एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले काँग्रेसविनाको पनि गठबन्धन बन्नसक्ने बताउनुभएको हो । विहीवार केन्द्रीय कमिटीको तेस्रो बैठकका बारेमा जानकारी गराउने क्रममा नेता तुलाधरले गठबन्धनमा नेपाली काँग्रेस सहभागी नबने काँग्रेस स्वयंलाई घाटा हुने बताउनु भएको हो ।

उहाँले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस गठबन्धनबाट छुट्टिने भनी दोस्रो तहका नेताहरुले दिएको अभिव्यक्ति सस्तो लोकप्रियताका लागि मात्रै भएको बताउनुभयो ।

उहाँले चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताहरुले आगामी निर्वाचनमा आफ्नो पल्लाभारी गर्नको लागि आगामी निर्वाचनमा काँग्रेस गठबन्धनबाट नजाने भनिरहेको आरोप लगाउनु भयो । नेता तुलाधरले नेपाली काँग्रेसका सभापति एवं शीर्ष नेताहरु भने गठबन्धनसहित आगामी निर्वाचनमा जाने पक्षमा रहेको बताउनु भयो । 

नेता तुलाधरले गठबन्धन, पाँच दललाई नै आवश्यक रहेकोले स्थानीय चुनावमात्रै नभइ प्रदेश र संघीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक रहेको बताउनुभयो ।

    सम्बन्धित समाचार...