११ बैशाख २०८१, मंगलवार

नेताहरुलाई देउवाको निर्देशन : गठबन्धनलाई अप्ठ्यारो पार्ने गतिविधि नगर्नुहोस्

deuwa

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई अप्ठ्यारो पार्ने गति विधि नगर्न कांग्रेस नेताहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार स्थानीय तह निर्वाचनको माहोल बनाउन कांग्रेसले गाउँगाउँ पुग्ने अभियान घोषणा गरेको छ । कांग्रेसका गाउँ जाने प्रतिनिधिहरूलाई सभापति देउवाले गठबन्धनलाई असर गर्ने कुनै गतिविधि नगर्न निर्देशन दिएका हुन ।

‘निर्वाचनको माहोल निर्माण गर्ने क्रममा गठबन्धनलाई अप्ठेरो पार्ने कुनै गतिविधि नगर्नुहोला,’ उनले निर्देशन दिँदै उनले भने ‘तपाईंहरूले कांग्रेसको पक्षमा माहोल बनाउनुहोला ।’