१२ बैशाख २०८१, बुधबार

सहभागिताका दृष्टिले एमाले सबैभन्दा अगाडि छ : अध्यक्ष ओली

oli

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समानता, चेतना र राजनीति तहमा महिला सहभागिताका दृष्टिले नेकपा एमाले सबैभन्दा अगाडि रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिला सङ्घले आज गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले न्याय र समानताका निम्ति महिलाले गरेको योगदानको स्मरण गराउँदै महिला सहभागितामा एमाले प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले हरेक व्यक्तिको पहिलो शिक्षक आमा भएको बताउँदै शारीरिक रुपमा पुरुषजति बराबर हुन नसके पनि बौद्धिक रुपमा महिला पनि पुरुषभन्दा अगाडि रहेको बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले महिलाहरू सशक्त बन्दै गएको र राजनीतिमा समेत महिला सहभागिता ३३ प्रतिशत पुर्‍याएको स्मरण गराउनुभयो ।

उहाँले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र बनाउन लागेको भन्दै त्यसप्रति आपत्ति जनाउनुभयो ।

उहाँले निर्वाचन आयोगले त्यस्तो निर्णय लिएको भए सच्याउनुपर्ने समेत बताउनुभयो ।