१३ बैशाख २०८१, बिहीबार

मुलुकको सार्वभौमिकतासँग एमसीसीलाई जोड्नु अनावश्यक : मन्त्री झाँक्री

ramkumari jhakri
फाइल फोटो

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग परियोजना एमसीसीलाई मुलुकको सार्वभौमिकतासँग जोड्न नमिल्ने बताउनु भएको छ ।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले मंगलवार आयोजना गरेको कार्यक्रममा उहाँले एमसीसीलाई मुलुकको सार्वभौमिकतासँग जोड्न नमिल्ने बताउनु भएको हो । विश्वका अधिकांश देशमा एमसीसी लागू भएको तर नेपालमा सार्वभौमिकताको कुरा उठाएर चिन्ता लिनु आवश्यक नभएको उहाँको भनाई थियो ।

मन्त्री झाँक्रीले एमसीसी संसदमा छलफल भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।