७ बैशाख २०८१, शुक्रबार

विद्यालयबाट घर फर्कदै गरेकी किशोरीलाई ट्रकले ठक्कर दिँदा निधन

1080568276accident

विद्यालयबाट घर फर्कदै गर्दा ट्रकको ठक्करबाट धनगढीमा एक किशोरीको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार अपरान्ह धनगढी–अत्तरिया ६ लेन सडकमा बा २ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा धनगढी–१३ की १६ बर्षिया किशोरी सरस्वती कुँवरको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसिङ प्वाइन्टमै ट्रकले ठक्कर दिएर गम्भिर घाइते बनाएको थियो ।

गम्भिर घाइते किशोरीको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा कुँवरको निधन भएको प्रबक्ता जोशीले बताए । घटनापछि टक र गोदावरी नगरपालिका–४ चालक गणेश लामालाई प्रहरीले नियन्त्रणमा लगेको छ ।