१३ बैशाख २०८१, बिहीबार

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने ९ जना पक्राउ

job senter

जब सेन्टरको नाममा ठगी गर्ने गिरोहका ९ जनालई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले जागिर लगाइदिने बहानामा प्रतिव्यक्ति ६ हजार रुपैयाँसम्म ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा छत्रदेव-६ अर्घाखाँचीका २६ वर्षीय अमर पाण्डे, ३२ वर्षीय तिलकराम पाण्डे र दूधपोखरी(२ लमजुङका २२ वर्षीय आनन्द मरहठ्ठा छन् ।

त्यस्तै, सिरहा-१९ का २३ वर्षीय विवेक यादव, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-३ का २८ वर्षीय अश्विन राई, सिन्धुलीको फिक्कल-२ का २२ वर्षीय घनश्याम पहाडी छन् ।

साथै चन्द्रपुर नगरपालिका-४ रौतहटका २५ वर्षीया सृजना लामिछाने, विराटनगर-४ की ४० वर्षीया ज्ञानु न्यौपाने र रौतहट जिल्ला मौलापुर-५ का २२ वर्षीय रामबचनकुमार यादव छन् ।

उनीहरूले जागिर मिल्छ भन्दै फारम शुल्कबापत ५०० रुपैयाँसम्म लिने र जब वारेन्टी शुल्कको नाममा ६ हजार रुपैयाँम्म लिने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै जागिरको लागि फारम भरेकालाई सर्त बमोजिमको काममा नलगाउने तथा एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पु¥याएर पुनः शुल्क असुल्ने काम उनीहरूले गरेका प्रहरीको भनाई छ ।

महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

    सम्बन्धित समाचार...