४ बैशाख २०८१, मंगलवार

सकिने बाटोमा एमसीसीका कारण माओवादी केन्द्र गएको अध्यक्ष ओलीको टिप्पणी

kp oli 3
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र सकिने बाटोमा रहेको टिप्पणी गर्नुभएको छ ।

प्रेस चौतारी प्रदेश १ को अधिवेशन उद्घाटनमा अध्यक्ष ओलीले एमसीसी संसदबाट पारित भइसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका प्रतिक्रियाप्रति यस्तो कटाक्ष गर्नुभयो ।

प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकमा एमसीसी ठीक थियो र त्यसका पक्षमा मत दियौं भन्न नसकिरहेको ओलीको दाबी छ।

केही वर्षअघि आफूले ‘पम्प’ लगाइदिएर हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको ओलीको जिकिर छ ।

अध्यक्ष ओलीले माओवादी केन्द्रलाई मात्र नभएर नेकपा एकीकृत समाजवादीप्रति पनि कटाक्ष गर्नुभयो। उहाँले माधव नेपालको पार्टी नै नभएको दाबी गर्नुभयो ।

अध्यक्ष ओली विभिन्न कार्यक्रममा सहभागी हुन आज झापा जानुभएको हो ।