१४ बैशाख २०८१, शुक्रबार

उत्तेजनापूर्वक भाषण गरेर मात्र समाज परिवर्तन हुनसक्दैन : सञ्चारमन्त्री कार्की

61c321301269c Gynendra k
फाइल फोटो

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ । पार्टीको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री कार्कीले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको हो ।

‘सपना पूरा गर्ने भाषण र उत्तेजनापूर्वक भाषण गरेर मात्र समाज परिवर्तन हुनसक्दैन । त्यसैले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुहोस् ।’ उहाँले भन्नुभयो, ‘यदि नेतृत्व सहमतिमा चयन गर्न सक्नुभएन भने अहिलेको अवस्था अनुसार कर्मचारी तन्त्रलाई सही दिशामा निर्देश गर्न सक्छ त्यसलाई नेतृत्व सुम्पनुहोस् ।’

सरकारले तर्जुमा गरेका निति, कार्यक्रम र योजनालाई व्यवहारमा उतार्ने दाहित्व नेपाल निजामती कर्मचारी युनियनको काँघमा रहेको उहाँले बताउनुभयो ।

त्यस्तै, काँग्रेसका महामन्त्री गगन थापाले तत्कालीन नेकपाका नेतृत्वले ५० वर्षसम्म काँग्रेस सरकारमा आउँदैन भने पनि आगामी चुनावमा आफूहरुले बहुमत ल्याउने बताउनुभयो । नेकपाले आफ्नै घरमा आगो लर्गाकाले काँग्रेसको काँधमा सरकार चलाउने र चुनाव गराउने जिम्मेवारी आएको महामन्त्री थापाले बताउनुभएको हो ।

‘हामीले सरकार बदलियोस् भन्ने चाहन्थेनौँ । अरुलाई उचाल्दिए र भत्काए पुग्छ, काँग्रेसलाई सम्हाल्नुपर्छ । प्रदेश र संघमा नेकपाकै सरकार थियो ।

पाँच वर्ष सरकार चलाउने जिम्मा लिएको थियो तर उसले चलाउन सकेन ।,’ उहाँले भन्नुभयो, ‘नेपाल कम्युनिष्ट पार्टीले आफ्नै घरमा आगो लगायो । आगो लगाउनेहरूमध्ये एकथरीले खरानी घसेर देखाइदिने हो भन्दै बाहिर आए । एकथरीले खरानीको थुप्रोमा बसेर अट्टहास गरेर हामीले जित्यौँ भन्दैछन् ।’