१४ बैशाख २०८१, शुक्रबार

‘चिसो एष्ट्रे’को शीर्ष गीत सार्वजनिक

DA3092741

रविन तामाङको आवाजमा ‘चिसो एष्ट्रे’को शीर्ष गीत सार्वजनिक

वजनदार आवाजका धनि रविङ तामाङको बोल्नै शैली बिल्कुलै फरक छ । उनको आवाज जस्तै फरक हुने गर्छन् उनले गाएका गीत ।

फिल्मको अभिनयमा जम्नुअघि थुप्रै रक गीत गाएका तामाङ आजभोलि संगीतभन्दा ज्यादा अभिनयमा नै सक्रिय छन् । केही समय पहिले उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’मा मुख्य भिलेनको भूमिका निर्वाह गरेका थिए जसको भारतमा निकै चर्चा भएको थियो ।

नेपालमा भने रविन तामाङ लामो समयपछि पर्दामा देखिँदैछन् ‘चिसो एष्ट्रे’मार्फत् । तर यो फिल्ममा तामाङले अभिनय मात्र होइन गीत पनि गाएका छन् ।

उनकै शब्द तथा संगीत रहेको फिल्मको शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो । अंग्रेजीमा गाइएको ‘चिसो एष्ट्रे’ बोलको गीतले युवाहरुको जीवन शैलीलाई अभिव्यक्त गरेको छ ।

गीत सार्वजनिक कार्यक्रममा उपस्थित तामाङले फिल्मले देखाउन खोजेको कुरालाई गीतले सार संक्षेपमा व्यक्त गर्ने प्रयास गरेको बताए ।

‘दिनेशले बनाएको फिल्मलाई मैले गीतमा समअप गरेको हो । धेरैपछि आफ्नो गीत सार्वजनिक हुँदा एक्साइटेड फिल गरिरहेको छु’ उनले भने ।

फिल्मको टिम र फिल्म कलेजका विद्यार्थीबीच अन्तक्र्रिया पनि भएको थियो । विद्यार्थी माझ अन्तक्र्रिया गर्दै टिमले आफूहरुले सहरसँग लय मिलाउन नसक्ने युवाको कथालाई पर्दामा उतार्ने जमर्को गरेको बताएका थिए ।

फिल्म होलीको भोलिपल्ट अर्थात चैत ४ मा रिलिज हुँदैछ ।

    सम्बन्धित समाचार...