१४ बैशाख २०८१, शुक्रबार

युरोपको ठूलो आणविक भट्टी रूसी सेनाकाे कब्जामा

ukr

रूसी सेनाले युक्रेनको जापोरिज्जियामा रहेको युरोपको ठूलो आणविक भट्टी कब्जामा लिएकाे छ । 

युक्रेनको स्टेट न्यूक्लियर रेगुलेटाेरी इन्स्पेक्टाेरेटले अनलाइनमा जारी गरेकाे विज्ञप्तिमा रूसी सेनाले कब्जामा लिएकाे स्पष्ट पारेकाे हाे ।

आणविक केन्द्रमा ६ वटा भट्टी छन् । क्षतिबारे विवरण सङ्कलन भैरहेकाे पनि विज्ञप्तिमा उल्लेख गरिएकाे ग्लाेबल टाइम्सले उल्लेख गरेकाे छ ।

ddres

–न्यूक्लियर रेगुलेटाेरी इन्स्पेक्टाेरेटले अनलाइनमा जारी गरेकाे विज्ञप्ति

यसअघि स्थानीय समय अनुसार बिहान सवा ६ बजे उक्त भट्टीमा मिसाइल आक्रमण भएको थियो ।

रुसी सेनाले सो भट्टीसहित पाँचतले भवनमा आक्रमण गरेपछि आगो लागेको बताएको थियो । युरोपको ठूलो आणविक भट्टीमा लागेको आगो नियन्त्रणमा आएको जनाएकाे छ ।

भट्टीमा लागेको आगो निभाउन ४० जना उद्धारकर्मी र १० वटा यातायातका साधन प्रयोग गरिएको थियो ।

आक्रमणमा भट्टीकाे मुख्य केन्द्रमा कुनै पनि क्षति नपुगेकाे र सुरक्षित रूपमा भट्टी बन्द गरिएकाे छ अलजजिराले जनाएकाे छ ।