१३ बैशाख २०८१, बिहीबार

झापामा पहिलो पटक रात्रिकालीन भलिबल हुने

jhapa press

झापामा पहिलो पटक रात्रिकालीन भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुरस्थित भद्रपुर माविको मैदानमा रात्रिकालीन भलिबल प्रतियोगिता आयोजनाको तयारी गरिएको हो ।

खेलकुदको माध्यमबाट युवा वर्गको सशक्तीकरण गर्ने उद्देश्यले भद्रपुरमा हालै गठन भएको भद्रपुर युवा परिवारले संस्था स्थापनाको अवसर पारेर आगामी चैत ६ गतेदेखि ८ गतेसम्म वडा स्तरीय नकआउट रात्रिकालीन भलिबल प्रतियोगिता गर्न लागिएको अध्यक्ष बिर्जु सहनीले जानकारी दिनुभयो ।

आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा विजेता टिमलाई नगद ३५, उपविजेता टिमलाई नगद २० र सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार र ट्रफीसहित पुरस्कृत गरिने जानकारी दिइयो ।

प्रदेश १ मै इटहरीपछि भद्रपुरमा गर्न लागिएको रात्रिकालीन भलिबल प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको युवा परिवारका कोषाध्यक्ष रविकुमार मुखियाले जानकारी दिनुभयो । प्रतियोगिता भव्य रुपमा सम्पन्न गराउन विभिन्न दाता र सङ्घ–संस्थाबाट सहयोग जुटाइने उहाँको भनाइ छ ।