१३ बैशाख २०८१, बिहीबार

देशभर प्रदर्शनमा ‘लप्पन छप्पन–२’

lappan chhapan 2

फिल्म ‘लप्पन छप्पन–२’ आजबाट प्रदर्शनमा आएको छ ।

आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘​लप्पन छप्पन-२’ ले पनि सिरिजको पूर्वसन्ध्यामा हिजो प्रिमियर शो गरिएको थियो । काठमाडाैंमाको विग मुभिज भएको प्रिमियरमा फिल्म हेर्नेले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

फिल्मकै कलाकारसमेत रहेका शिव श्रेष्ठले फिल्म स्तरीय बनेको बताएका छन्। सञ्चारकर्मीसँग फिल्म हेरिसकेपछि कुराकानी गर्दै उनले नेपाली फिल्म नै बक्स अफिसलाई चलायमान बनाउने विश्वास व्यक्त गरे । ‘फिल्मले राजनीतिको फरक पाटोलाई देखाएको छ । पावर र पैसाको शक्तिले के सम्म गर्न सकिन्छ भन्ने यसमा देखिन्छ,’ अभिनेता श्रेष्ठले भने ।

फिल्ममा शिव र अर्पणसँगै सौगात मल्ल, अनुप विक्रम शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनय रहेको छ । मुस्ताङमा फिल्म ‘लाखे’को छायांकनमा व्यस्त भएका कारण सौगात मल्ल र अनुपविक्रम शाही प्रिमियरमा उपस्थित भएनन् ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन-२’ लाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । नेपाल, बेल्जियम, अष्ट्रेलिया र नेदरल्यान्डमा छायांकन गरिएको मल्टिस्टारर फिल्म ’लप्पन छप्पन २’ मा पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । पटकथामा अमित शर्माको पनि साथ छ ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा हिमाल केसीसहित निर्देशक भट्ट र सिमोन तामाङको एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रूपमा छन् ।