११ बैशाख २०८१, मंगलवार

एक सय ९औँ पटक पत्रकार नेत्रविक्रम विमलीको रक्तदान

bimali

प्रेस क्लब हल्दिवारीका अध्यक्ष सञ्चारकर्मी नेत्रविक्रम विमलीले १०९औँ पटक रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र भद्रपुरमा बुधबार बुधबार बिमलीले १०९औँ पटकको रक्तदान गरेका हुन् ।

१९ भदौ २०४५ देखि रक्तदान गर्न सुरु गरेका बिमली नेपाल पत्रकार महासंघ सदस्य अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सदस्य र स्वयंसेवी रक्तदाता समाजको आजिवन सदस्य समेत हुन् ।