६ बैशाख २०८१, बिहीबार

थप आक्रमक बन्दै रुसी सेना

ukraine war

युद्ध चर्किरहेका बेला युक्रेनी सहरहरुमा थप क्षति भएका विवरणहरु सार्वजनिक भएका छन् । युक्रेनको दोस्रो ठूलो सहर खारकिभमा रुसी सेनाले गरेको हमलामा कम्तिमा २१ जनाको मृत्यु भएको छ । हमलामा ११२ जना घाइते भएको सो सहरका मेयरले जनाएका छन् ।

खारकिभमा थप क्षेप्यास्त्र हमला भएका विवरणहरु सार्वजनिक भएका छन् । क्षेप्यास्त्र हमलामा सहरको क्षेत्रीय प्रहरी विभाग र काराजिन युनिभर्सिटीको भवनमा ठूलो क्षति पुगेको छ ।

पूर्वी युक्रेनी सहरलाई घेरा हाल्ने प्रयासस्वरुप रुसी प्याराट्रुप्स खारकिभमा झरेको हुन सक्ने युक्रेनको सेनाले जनाएको छ । रुसी फौजले दक्षिणी युक्रेनमा ठोस उपलब्धी हाँसिल गरेको दाबी गरेको छ ।

दक्षिणी सहर खेरसनलाई नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

टेलिभिजन टावरमा दुई ओटा रुसी मिसाईल प्रहार हुँदा टेलिभिजन प्रसारण र समाचार पहुँच अवरोध भएको छ । मिसाइल प्रहारमा पाँच जनाएको मृत्यु र थप पाँच जना घाइते भएका छन् ।