१५ चैत्र २०८०, बिहीबार

जारी कर्फ्यू हटाएर वीरेन्द्रनगरमा निषेधाज्ञा

surkhet

वीरेन्द्रनगरमा जारी गरिएको कर्फ्यू हटाएर निषेधाज्ञा लगाएको छ। सोमबार राति सवा आठ बजेबाट मंगलबार साँझ सात बजेसम्म कर्फ्यु अवधि तोकिएको थियो।

कर्फ्यु अवधिमा अप्रिय घटना नघटेको र कर्फ्यूले नागरिकको जनजीवनमा पर्नसक्ने प्रभावलाई मध्यनजर गर्दै कर्फ्यू हटाएर निश्चित भीडभाड हुने ठाउँमा निषेधाज्ञा लगाइको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो।

उहाँका अनुसार सोमबार प्रर्दशन भएको वीरेन्द्रनगर बजार क्षेत्रस्थित एरिचोक, मंगलगढी चोक, हटिया चोक/हटिया लाइन क्षेत्रमा निषेधाज्ञा क्षेत्र तोकिएको छ।

उहाँले यी क्षेत्रमा पाँचजना भन्दा बढीले सभा, जुलुश गर्ने उद्देश्यले भेला हुन रोक लगाइएको जानकारी दिनुभयो। उहाँले अर्को आदेश जारी नहुने बेलासम्म यी क्षेत्रमा निषेधाज्ञा जारी हुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘कर्फ्यूको समय समान्य भयो। कहिकतै अप्रिय घटना भएको छैन। यस कारण हामीले प्रर्दशन भएका ठाउँमा निषेधाज्ञा जारी गरेर कर्फ्यू हटाएका हौँ।’

संसदबाट एमसीसी अनुमोदन भएपछि यसको विरुद्धमा छ दल र दुई मोर्चाले सोमबार गरेको बन्द आह्वानको क्रममा वीरेन्द्रनगर तनावग्रस्त भएपछि कर्फ्यु जारी गरिएको थियो। बन्दकर्ताले दलका पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नुका साथै प्रहरी बिट जलाएका थिए।