१२ बैशाख २०८१, बुधबार

कपिलवस्तुमा विप्लव समूहले आफ्नै नेतालाई लगायो कालोमोसो

kapilbastu

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ११ बरवामा नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले आफ्नै नेतालाई कालोमोसो र चम्पलको माला लगाएको छ ।

वि.सं. २०५६ देखि विप्लव माओवादीमा रही श्रम कैदबाट भागेको र देश र जनताको लागि उठाएको सहयोग हिनामिना गरेको आरोपमा गुल्मी मालारानी गाउँपालिकाका विक्रान्त प्रशान्त भनिने आफ्नै नेतालाई कालोमोसो र चप्पलको माला लगाएको विप्लव समूहका नेता बाणगंगा नगर सेक्रेटरी शेरमानले बताउनुभयो । 

स्थानीय तहको चुनावको तयारी सुरु भएसँगै कपिलवस्तुमा विप्लव समूहले पार्टी गतिविधि सुरु गरेको छ ।