१४ बैशाख २०८१, शुक्रबार

झनै महँगो पेट्रोलियम पदार्थ, सबैको मूल्य वृद्धि

Nepal Oil Corporation

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थ नयाँ मूल्य पठाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीमा सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।