७ बैशाख २०८१, शुक्रबार

विप्लवको एमसीसीविरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी

biplab addressing nepal government agreement
फाइल फोटो

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट पारित भए पनि एमसीसी खारेज गर्न बाध्य पार्ने बताउनुभएको छ ।

महासचिव विप्लवले एमसीसी कार्यान्वयन हुन नदिन आफूहरूले आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिनुभयो ।

विप्लवले एमसीसी पास हुनुको पछाडि कांग्रेसको नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मुख्य हात रहेको बताउनुभयो ।

उहाँले राष्ट्रघाती कदमबाट कांग्रेसलाई रोक्नुको साटो कथित १२ बुँदे प्रस्तावको नाममा प्रचण्ड र नेपालले कलंकको टीका लगाएको आरोप लगाउनुभयो । विप्लव नेतृत्वको नेकपाले एमसीसी पारित नगर्न शुरुदेखि नै दबाब दिँदै आएको थियो ।