१६ चैत्र २०८०, शुक्रबार

नाबालिगसँग यौन सम्बन्ध राख्नु बलात्कार हो, बोलाएको भनेर कानुनले छुट दिन्न: ऋचा शर्मा

reecha sharma

नायक पल शाह र नाबालिग गायिकाबीच चलिरहेको लडाइँमा नाबालिगको पक्षमा अर्की एक पनि उभिएकी छिन् ।

पलले नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि फिल्म क्षेत्रका थुप्रै कलाकार पल शाहलाई न्याय चाहियो भन्दै सामाजिक सञ्जालमा अभियान चलायदै आइरहेका छन् ।

नायिका ऋचा शर्माले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै कसैले १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो। उसैले बोलाएको भनेर कानुनले छुट दिन्न भनेर भनेकी हुन् ।

यस्तै उनले नाबालिगको संरक्षणको जिम्मा राज्यको दाहित्व रहेको समेत बताएकी छिन् ।

ऋचाले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भनेकी छन्, मुलुकी अपराध संहिताले भन्छ’ १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो।’ कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौनी। हैन र ? १८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध भए पनि बलात्कार ठहरिनुको कानुनी ब्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै। अनी नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रवन्ध गरिएको हो। यति बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो। उसैले बोलाएको भनेर कानुनले छुट दिन्न !!

मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले। नाबालिगको संरक्षण, कानुनको सम्मान हो।