१४ बैशाख २०८१, शुक्रबार

दलहरुलाई जनतासँग माफी माग्न डा.भट्टराईको सुझाव

पूर्व प्रधानमन्त्री एवम् जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले दलहरुलाई जनतासामु माफी माग्न सुझव दिएका छन ।

एमसीसी पारित भएपछि प्रष्टिकरण दिने लहर नै चलेको बेला डा. भट्टराईले दलहरुलाई यस्तो सुझाव दिएका हुन । खासगरी एमसीसीको ब्याख्यात्मक घोषणाको आड भरोसा लिएका दलहरुप्रति डा. भट्टराईको कटाक्षपूर्ण सुझाव केन्द्रित छ ।

डा. भट्टराईले प्रश्न गरेका छन, ‘आफैले खनेको खाडल रोइरोइकन पुर्नु कुनै पौरख हो र ?’ सत्ता स्वार्थका लागि एमसीसी पारित गर्न बाध्य भएका र राजनीतिक जस लिन उद्धत दलहरुले विभिन्न उपाय रच्दै गरेको चोखिने उपक्रमप्रति डा. भट्टराईले जनता समक्ष माफी माग्न सुझव दिंदै प्रश्न गरेका छन, ‘बरू लज्जित भएर त्यत्रो समय र श्रोतको अपव्ययनिम्ति जनतासंग माफी माग्नुपर्ने हैन ?’

उनले एक उपन्यासको कथालाई उद्धृत गर्दै काल्पनिक दुश्मन जन्माएर हावामा तरबार चलाउने अनि विजेता घोषणा गर्ने प्रशंग जोडेर ब्यंग्य कसेका छन ।