१५ बैशाख २०८१, शनिबार

आयोगमा १ सय ११ दल दर्ता

Election Commission Nepal

स्थानीय तहको निर्वाचनमा सहभागी हुन ८० दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । ३० वैशाख २०७९ सालका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता कायम भएका १ सय ११ दलमध्ये ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगमा दर्ता कायम रहेका १ सय ११ दलमध्ये ८० दलले स्थानीय तह प्रयोजनका लागि आयोगमा दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए ।

‘आयोगमा १ सय ११ राजनीतिक दल दर्ता भएका छन्, त्यसमध्ये स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्,’ आयोगका सहायक प्रवक्ता अर्यालले भने ।

आयोगले राजनीतिक दललाई स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्न भन्दै १ फागुनदेखि १५ पागुनसम्मको समय दिएको थियो । राजधानी दैनिकबाटट